• २०८३ बैशाख १६ गते बुधवार

चार नेताहरुले महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाए जस्तै फसाएः सांसद खान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले चार नेताहरुले महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाएको जस्तो आफुहरुलाई फसाएको गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद खानले विकासको बजेट आफ्नो क्षेत्रमा थुपारेर अन्य क्षेत्रको जनताप्रतिको दायित्व भुलेको बताए ।

उनले भने ‘ ५१ प्रतिशतको विकास बजेट ४ जनाको क्षेत्रमा जान्छ भने ४९ प्रतिशत बजेट चाहीँ हामीलाई जान्छ । यो न त नीति र कार्यक्रम हो न सिद्धान्त र प्राथमिकता नै हो । जसरि महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाएको थियो त्यसैगरि हामी सबैलाई यी चार जनाले फसाएका छन् । यो लुकेको छुपेको कुरा हैन । हिन्दीका एउटा गजल छ

मे कैसे हो जाउ तेरी अदाओमे फना
मैनेमागी थी नोकरी तुने दिया नमक, तेल और चना
सांसद खानले यो बजेट यस्तै गजल जस्तो भएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस