• २०८३ भाद्र १६ गते मङ्गलवार

श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, विराटनगर । हर्क साम्पाङ नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा नयाँ विवाद शुरु भएको छ । धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दै बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हालै एकता प्रक्रियाबाट पार्टीमा आएका सुदन किराँती समुहलाई नबोलाइएको खुलेको छ ।

बैठकमा आफु पक्षका नेताहरुलाई नाबोलाइएपछि किराँतीले आफुनिकट नेताहरुसँग छलफल थालेको बताइएको छ । साम्पाङ निकट एक नेताले भोलीको बैठकमा किराँती समुहलाई बोलाइएको दाबि गरेपनि यस बारे स्पष्ट जानकारी दिइएको छैन ।

किराँतीसहितका नेताहरु प्रलोपा छोडेर श्रम संस्कृति पार्टीमा समाहित भएका थिए । एकतापछि किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने किराँती पक्षलाई पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य दिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस