• २०८३ भाद्र १६ गते मङ्गलवार

शव पहिचानका लागि चीनले नेपालमा डीएनए विज्ञ पठाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं ।  चीनले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव पहिचानका लागि नेपालमा डीएनए पहिचान विज्ञ पठाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् ।

बाढीपछि नदीमा धेरै दिन बितेका शवको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा शवको पहिचान नेपालका लागि ठूलो चुनौती बनेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस