असार ३, काठमाडौं । नेपालले घरेलु टोली जिम्बाबेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आइतबार जिम्बाबेको राजधानी हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । शतकबनाउन १ रनले चुकेका उनी एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक बनाउने कीर्तिमानबाट पनि चुके । शानदार सुरुवात गरेको नेपालले पहिलो विकेट गुमाउँदा त्यो विकेट दुर्भाग्य कुशल भुर्तेलको नाममा रहयो । कुशललाई ९९ रनमा गुमाउँदा १ सय ७१ रन जोड्दा पहिलो विकेट खसेको थियो । यो एक दिवशीय अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी पनि बनेको छ ।
कुशलले ९५ बलको सामना गरी १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए। जिम्बाबेका वेलिङटन मासाकाद्जाको हातबाट बोल्ड भएका कुशलले यस अघि नामिबियाविरुद्ध विश्वकप लिग २ मा १ सय १५ रन बनाएका थिए ।
यस्तै कुशललाई पहिलो विकेटका लागि साथ दिएका १ सयबलको सामना गरेर ७ चौकाको सहयोगमा ६६ रनको योगदान गरे । यीदुई खेलाडी अलावा नेपालका लागि कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१, आरिफ शेखले १०, गुल्सन झाले १३, करण केसी नटआउट २ रन बनाउँदा भीम सार्की विना रन बाहिरिएका थिए ।
यस अघि जिम्बाबेले टस जितेर नेपाललाई पहिलो फिल्डिङको निम्तो दिएको थियो ।