• २०८३ बैशाख २५ गते शुक्रवार

अनेरास्ववियुको नयाँ अध्यक्षमा समिक बडाल निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । उनी काभ्रेको रोसी गाउँपालिका ९ का हुन् । बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्। उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् ।

यस्तै नरेश रोकाया महासचिव निर्वाचित भएका छन् । सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।

अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस