असोज ३, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ । जसअनुसार उद्घाटन खेलमा कार्तिक ९ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन् ।
त्यस्तै लिग चरणको अन्तिम खेल कार्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच खेल हुने भएको छ ।
