• २०८३ असोज ३ गते शनिवार

राप्रपा काठमाडौं क्षेत्र नं. १ द्वारा जिल्ला अध्यक्ष दीपक केसीलाई बधाई तथा शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १ को आयोजनामा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। बिजुली बजारस्थित क्रिस्टल पार्टी प्यालेसमा २०८३ असोज ३ गते बिहान ८ बजे आयोजित कार्यक्रममा क्षेत्र नं. १ का नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला अध्यक्ष केसीलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सहभागीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अध्यक्षता राप्रपा काठमाडौं क्षेत्र नं. १ कार्यसमितिका अध्यक्ष विनोद कुमार द्वाडीले गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस