• २०८३ असार ७ गते आइतवार

पत्रकारका समस्या समाधानका गर्न प्रधानमन्त्रीलाई प्रेस सेन्टरको ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारका समस्या समाधान गर्न ध्यानाकर्ष गराएको छ । बुधवार बिहान प्रधानमन्त्री प्रचण्डलाई प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटासहितको पदाधिकारी टोलीले १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सरकारले लिएका जन पक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषय ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझ्नै प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टर नेपाल महत्त्वपूर्ण मोर्चा भएको भन्दै सरकारलाई बुझाएको ध्यानाकर्षणपत्र अध्ययन गरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।उनले अहिलेसम्म प्रेस सेन्टरले राम्रो काम गर्दै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस