• २०८३ बैशाख ११ गते शुक्रवार

सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।

जनकपुरका लागि लहिरु मालिन्थाले उत्कृष्ट पारी खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए।

Sharing

प्रतिक्रिया दिनुहोस