• २०८३ असार ७ गते आइतवार

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

योगको महत्वलाई विश्व समुदायसमक्ष पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो ।

त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस