• २०८३ बैशाख १० गते बिहिवार

एमालेले दुई महिने विशेष अभियान चलाउने

एमालेका चार नेतालाइ नयाँ जिम्मेवारी तोकियो
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । नेकपा (एमाले)ले पार्टीको सुदृढीकरण र विस्तारका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार फागुन र चैतमा चलाइने अभियानको नाम ‘मिसन ग्रास रुट’ राखिएको छ ।

आजको सचिवालय बैठकले अभियानअन्तर्गत पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सरदरमा तीनवटा पालिकामा खटाउने निर्णय गरेको हो । केन्द्रीय सदस्यलाई पार्टी सदस्यताको नवीकरण गर्ने, प्रशिक्षण गर्ने, समाजमा योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका बारेमा राय सुझाव लिनेलगायतका ११ वटा कार्यादेश तोकिएको ज्ञवालीले बताए ।

एमालेका चार नेतालाइ नयाँ जिम्मेवारी तोकियो
नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो ।

जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १ को इन्चार्ज चयन गरेको छ भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन भएकी छिन । यसगरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाइ जिम्मेवारी तोकिएको प्रदिप ज्ञवालीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस