• २०८३ बैशाख १० गते बिहिवार

इरानका निर्वासित राजकुमार रेजा पहलवीलाई बर्लिनमा टमाटर प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । इरानका निर्वासित राजकुमार रेजा पहलवीमाथि टमाटर प्रहार गरिएको छ । मिडिया रिपोर्टका अनुसार जर्मनीको बर्लिनमा एक प्रेस सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि टमाटर हानिएको हो ।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पहलवीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका र इरानबीच भएको युद्धविरामको आलोचना गरेका थिए । उनले उक्त सम्झौता इरानी सरकारको व्यवहार परिवर्तन हुने अनुमानमा आधारित रहेको तर त्यसको सम्भावना कम देखिएको बताएका छन् ।

उनले कूटनीतिलाई अवसर दिन नहुने नभए पनि यसअघि नै धेरै अवसर दिइसकिएको उल्लेख गरेका छन् । पहलवी लामो समयदेखि सत्ता पुनः प्राप्तिको प्रयासमा रहेका छन् र पश्चिम एसियामा अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति समर्थन जनाउँदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस