• २०८३ जेष्ठ २८ गते बिहिवार

जुवा खलिरहेको अवस्थामा तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल खड्का गाउँस्थित जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका-२ नयाँपाटी बस्ने ४२ वर्षीय रविन्द्र बिष्ट लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ७ सय ९० रूपैयाँ र २ वटा ओखर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस