• २०८३ बैशाख ७ गते सोमवार

१२ वर्षीया बालिका बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, ललितपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस