जेठ २६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आजबिदाई भेट गरेका छन् ।
राजदूत क्यापलर आफ्नो साँढे पाँचवर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले जानकारी गराए । सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धआगामी दिनमाअझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्तगरे ।
राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेल्नुभएको योगदानको समेत राष्ट्रपति पौडेलले प्रशंसा गरे । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रहीआएको छ । नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्वदिँदै आएको छ ।