• २०८३ जेष्ठ १ गते शुक्रवार

ललिता जग्गा प्रकरणमा माधव र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८,काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो । दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस