• २०८३ असार ६ गते शनिवार

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालतले प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे ।

थापाले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आर्थिक लाभ गरेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरिदिन अदालतमा भनेको थियो। सोहीअनुसार अदालतले पक्राउ पूर्जी जारी गरेको प्रहरी परिसर काठमाडौं स्रोतले बताएको छ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आज नै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले तीनदिन हिरासतमा राख्न अनुमति दिएको छ।

टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जि जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

Sharing

प्रतिक्रिया दिनुहोस