फागुन ०६, काठमाडौं । कोरोना भाइरसले लियो वुहान अस्पतालका निर्देशकको पनि ज्यान लिएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएका हुन । चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे १० बजे कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।