• २०८३ जेष्ठ १६ गते शनिवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौँ ।  हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस