• २०८३ मङ्सिर ७ गते आइतवार

वर्षाले फेरि रोकियो नेपाल र यूएईबीचको खेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख  १८, काठमाडौं ।  एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ।

त्रिवि क्रिकेट मैदानमा २७ ओभरको बलिङ चलिरहँदा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ। सोही ओभरमा युएईले नवौं विकेट गुमाएको छ। नेपालका बलर ललित राजवंशीले लगातार २ विकेट लिए।

राजवंशीले २७औं ओभरको दोस्रो बलमा ४६ रन बनाएर खेलिरहेका आसिफ खानलाई आरिफ शेखबाट क्याचआउट गराए भने तेस्रो बलमा जाहूर खानलाई आरिफबाटै क्याचआउट गराए। योसँगै ललितले ४ ओभर बलिङ गरेर ३ विकेट लिएका छन्।

नेपालका लागि अहिलेसम्म ललितले ३, करण केसी र सन्दीप लामिछानेले २–२ तथाा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस