• २०८३ भाद्र २६ गते शुक्रवार

काठमाडौंबाट यार्सागुम्बा सहित २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट यार्सागुम्बा १.५ केजी सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका-७ घर भई हाल काठमाडौं मित्रनगर बस्ने २७ वर्षीय शेखर विसी र ४३ बर्षीय कमल विसी रहेका छन् । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस