• २०८३ बैशाख ५ गते शनिवार

एसीसी प्रिमियर कप : नेपालले लियो सातौँ विकेट, दबाबमा यूएई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख  १८, काठमाडौं ।  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको हो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी, ललित राजवंशसी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २६ ओभरको समाप्तिमा ७ विकेटको गुमाएर १०३ रन जोडेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस