पौष १६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम सर्वसम्मत पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् ।