चैत १६, सुनसरी । मोटरसाइकल दुर्घटनामा परि रामधुनीका वडा सचिव श्रेष्ठको मृत्यु भएकाे छ । बुधबार विहान करिब १०ः४० बजे वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साेही स्थानका वडा सचिव नन्दकुमार श्रेष्ठको मोटसाइकल दुर्घटनामा परि मृत्यु भएको हाे ।

श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । दुर्घटना पश्चात स्थानियले प्रहरीलाई खवर गरेका थिए । घाइते अवस्थामा भेटिएका सचिवलाई उपचारकालागी धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।