पौष २४, काठमाडौँ। थप ५ सय ५४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २१ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५७ हजार २ सय २९ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ९ जना पुगेको छ ।