• २०८३ जेष्ठ ३ गते आइतवार

अवैध लागुऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, कञ्चनपुर । अवैध लागु औषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस