• २०८३ बैशाख ७ गते सोमवार

बहुबिवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १५, झापा । बहुबिवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् ।

पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाले २०६८ बैशाख १४ बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना फैसला सुनाएको थियो ।अदालतले गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । उनीहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस