• २०८३ बैशाख १४ गते सोमवार

अवैधानिक तरले विस्तार गरिएकाे रेडक्रस उपशाखा विरुद्धमा कटुञ्जे वडाबासीले बुझाए ध्यानाकर्षण पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असाेज १२, भक्तपुर । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा, भक्तपुरले आफ्नाे उपशाखा विस्तार गर्ने क्रममा सुर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा उपशाखा गठनमा रेडक्रसकाे विधि,विद्यान र मूल्य मान्यता विपरीत रहेर अबैधानिक ढङ्गले विस्तार गरिएकाे रेडक्रस उपशाखा विरुद्धमा कटुञ्जे वडाबासीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन ।

कटुञ्जे वडाबासीहरुले नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा, भक्तपुरले आफ्नाे उपशाखा विस्तार गर्ने क्रममा आजिवन सदस्यहरु काेठे बैठकबाट वितरण गरि एक पक्षिय राजनीति आस्था र विचार भएका व्यक्तिहरुलाई मात्र समेटेर स्थानीय सरकारसँग समन्वय नगरी, वडा बासिहरुमा सार्वजनिक सुचना भेला आयाेजना नगरि आजिवन सदस्य वितरणमा एकलौटी गरि सुशील भैरव उपशाखा खाेलिएकाेमा विराेध गरेका हुन । वडाबासीले उपशाखा खाेलिएकाे सामाजिक संजाल मार्फत थाहा पाएका थिए ।

No description available.

कटुञ्जे वडाबासीहरुले रेडक्रस जस्ताे पवित्र सामाजिक संस्थाकाे उपशाखा विस्तार गर्दा सबै सराेकारवालाहरुलाई समेटेर विस्तार गरिनु पर्नेमा नेपाली कांग्रेस निकट व्यक्तिहरुले आफ्नाे पार्टीकाे जनसंगठन साेचेर गठन गरिएको अबैधानिक ढङ्गबाट विस्तार भएको उपशाखालाई तत्काल खारेजीकाे माग गरेका छन । बैधानिक ढङ्गबाट रेडक्रसकाे स्थापित सामाजिक मुल्य मान्यतालाई आधार बनाएर आजिवन सदस्य खुला सुचना मार्फत जारि गरि सार्वजनिक भेला र स्थानीय तहसँगकाे समन्वयमन गठन गर्न माग गर्दै कटुञ्जे बडा बासिहरुकाे प्रतिनिधिमुलक सहभागीतामा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा भक्तपुरका कार्यालय प्रमुख, सुर्यविनायक नगरपालिका कार्यालय र सुर्यविनायक नगरपालिका वडा नं. ५ कार्यालयमा ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका हुन ।

अवैधानिक ढङ्गबाट गरिएकाे उपशाखा विस्तारकाे विषयमा गम्भीरतापूर्वक नलिएमा गल्ती नसच्चाएमा त्यस पछि श्रृजना हुने परिस्थितिकाे सम्पूर्ण जिम्मेवारी रेडक्रस जिल्ला शाखा भक्तपुरले लिनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस