• २०८३ बैशाख २३ गते बुधवार

सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौँ ।  सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस