• २०८३ बैशाख ११ गते शुक्रवार

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४,भारत।भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।उहाँले बिहीबार पिसिआर परीक्षण गराउनुभएको र उहाँलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्नुभएको छ । सो ट्वीटमा उहाँले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गर्नुभएको छ ।हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ । बिहीबारमात्र पनि भारतमा २ लाख ८६ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस