• २०८३ असोज १३ गते मङ्गलवार

गिति कविता : मैले तिमिलाई बोलाउन समय पाउछु…………….

गोबिन्द राज ओझा (राजन) पढ्न लाग्ने समय : १ मिनेट

मैले तिमिलाई बोलाउन समय पाउछु या पाउदैन
तिमि सँग बोल्ने समय हुन्छ या हुदैन
यो सम्झने मन सम्झिन्छ या सम्झिदैन
जिन्दगिमा कल्पना गर्नु सहि हुन्छ या हुदैन

त्यो पारि मायालुको घर मैले पुग्न सकिन
फुलेको यौवनको यो समयमा तिमिलाई देखिन
तिमि सँग माया लगाउन मिल्छ कि मिल्दैन
तिम्रो लागि उपहार ल्याए स्विकार्नु हुन्छ या हुदैन

तिमिले माने यो प्रेम दिवस मनाउला
केहि कुरा तिमिलाई सुनाउनु थियो सुनाउला

ठेगाना : दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Sharing

प्रतिक्रिया दिनुहोस