• २०८३ जेष्ठ २२ गते शुक्रवार

उद्योग मन्त्री बडूले भने– जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेछ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ११, जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् ।

जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिए ।

Avatar

मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए ।मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

Avatar

उद्योग मन्त्री बडुले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरीक्षण गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्यअनुरुप जचुकालीलाई समेत संचालनमा ल्याउने तयारी सरकारको रहेको उनले बताए । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनको भनाइ थियो । मन्त्री बडुले भने, ‘जचुकालीका कति मेसिनहरूको उपयोग गर्न सकिन्छ, नेपाल सरकारले आफैँ चलाउने कि निजी क्षेत्रसँग मिलेर सरकारले चलाउने लगायतका विषयमा छलफल गरेर यस विषयमा ठोस निर्णय गर्नेछौँ ।’

जचुकालीलाई पुनः संचालनमा ल्याउनका लागि यहाँको प्रदेश सरकारका साथै उद्योगी व्यवासीहरूसँग समेत छलफल गर्ने उनले जानकारी दिए ।
मधेश सरकारले यहाँको जग्गा प्रशासनिक भवनका लागि प्रयोग गर्न मागेको विषयमा मन्त्री बडुले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरू खुल्ला रहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस