• २०८३ बैशाख १९ गते शनिवार

दुई दलीय व्यवस्थामा लैजाने जागरण शुरु गर्नुपर्छ : महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरताको लागि दुई दलीय व्यवस्थामा लैजाने जागरण शुरु गर्नुपर्ने धारणा राख्नुभएको छ । बहुदलीय व्यवस्थाका कारण नेपालमा राजनीतिक अस्थिरता तर्फ धकेलिएको प्रति संकेत गर्दै महासचिव पोखरेलले अबको जागरण अभियान राजनीतिक स्थिरता र मुलुकको दिगो विकासको लागि हुनुपर्ने बताउनुभएको छ ।

वर्तमान पाँच दलीय गठबन्धन र एमाले दुई दलीय व्यवस्था जस्तै अगाडी बढेकाले अबको राजनीतिक प्रणाली दुई दलीय तर्फ लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नयाँ बहसको प्रारम्भ- नेपालसँग धेरै अस्थिरता र राजनीतिक दल बिच झै(झगडा खेप्ने सामर्थ्य नरहेकाले देशलाई दुईदलीय प्रणालीमा लैजाने जागरण शुरु गर्नुपर्छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस