फागुन १३, काठमाडौँ । अखिल नेपाल महिला संघ काठमाण्डौ जिल्ला को आठौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको छ । संघको केन्द्रिय अध्यक्ष थममाया थापाको प्रमुख अतिथ्यतामा भएको सम्मेलन मार्फत १२५ सदस्य अनेमसंघ काठमाण्डौ जिल्ला कमिटी गठन गरेको हो ।

आठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा सरिता दाहाल, उपाध्यक्षमा बशन्ती श्रेष्ठ, सचिवमा भगवती गौतम, कोषाध्यक्षमा हिरा थापा मगर सहित १२५ सदस्य अनेमसंघ काठमाण्डौ जिल्ला कमिटी चयन गरिएको हो । कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथी थममाया थापाले गर्नु भएकाे हाे । कार्यक्रमममा संघका अध्यक्ष थापा सहित सचिव सुजिता शाक्य, शुशिला नेपाल, जिल्ला ईन्चार्ज रत्न गुरुङ लगायत काठमाण्डौका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रमममा नेकपा एमालेका पोलिटव्युरो सदस्य कृष्ण राई, केन्द्रिय सदस्यहरु नारायण सिलवाल, सरिता न्यौपाने काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौला महानगर अध्यक्ष निर्मल देउला लगायतको बिशेष उपस्थिति रहेको थियो ।


