• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नेपाल बार परिसरमा लालटिन बालेर न्यायको खोजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । कानुन व्यवसायीहरुले न्यायको खोजी भन्दै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले मंगरबार दिउँसो बारको कार्यालय परिसरमा लालटिन बालेर विरोध गरेका छन् ।

सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गरेको हो ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेपछि बारले असन्तुष्टि व्यक्त गर्दै विरोधमा उत्रिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस