• २०८३ भाद्र ३० गते मङ्गलवार

२७ महिनाकी भतिजीलाई काकाले पछारेर हत्या गरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, स्याङ्जा । भतिजीलाई पछारेर हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ । चापाकोट नगरपालिका ७ बस्ने बर्ष ३८ का बासुदेब ढकाललाई भतिजीको हत्या अभियोगमा पक्राउ गरेको हो ।

बासुदेवले आफ्नै भाईको २७ महिनाका छोरी सुबिना ढकाललाई दुबै खुट्टा समाई जमिनमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत बालिकाको रामपुर अस्पतालमा उपचारका क्रममा निधन भएको सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । हत्यामा संलग्न ढकाललाई नियन्त्रणमा लिएर ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान शुरु गरिएको अधिकारीले बताए ।

अधिकारीका अनुसार मदिरा सेवन गरेका ढकालले भतिजीको हत्या गरेका थिए । ढकालले आवेगमा आएर बालिकालाई खुट्टामा समातेर पछारेको स्विकारेका छन् । मृतक बालिकाको शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस