• २०८३ बैशाख ४ गते शुक्रवार

राष्ट्रिय युवा संघद्वारा फिदिममा मसाल जुलुस प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, पाँचथर । नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल, पाँचथरले आज साँझ फिदिममा मसाल जुलुस प्रदर्शन गरेको छ । फिदिमको मेनरोडबाट सुरु भएको मसाल जुलुस गणतन्त्र चोकमा आई कोणसभामा परिणत भएको हो ।

राष्ट्रिय युवा संघले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु पर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई बर्खास्त गर्नु पर्ने, इन्धन लगायत सामग्रीमा भएको मूल्य वृद्धि फिर्ता गर्नु पर्ने, प्रशासनिक क्षेत्रका कामलाई सहज बनाउनु पर्ने लगायत माग राख्दै मसाल जुलुसबाट आन्दोलनको सुरुआत गरेको हो ।

सरकार सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धनले निर्वाचन रोकेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न लागेकाले संघले चरणबद्ध आन्दोलन गरेको राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस