असार ९, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार नयाँ बानेश्वरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । मसाल जुलुससहित भएको प्रदर्शनको क्रममा एउटा सरकारी गाडी समेत तोडफोड भएकाे छ ।

पेट्रोलियम पदार्थ, खाधान्न लगायत दैनिक उपभोग बस्तुमा भएको चरम मुल्यवृद्धी, अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको विरुद्धमा राष्ट्रिय युवा संघ नेपालले विरोध कार्यक्रमको आयोजना गरेको संघले जनाएकाे छ। उक्त प्रदर्शनमा केही प्रदर्शनकारी समेत घाइते भएको राष्ट्रिय युवा संघले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विषयमा भएको प्रदर्शन करिब ४५ मिनेट चलेको थियो । प्रदर्शनको क्रममा सामान्य झडपसमेत भएको थियो । 