• २०८३ बैशाख २३ गते बुधवार

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लब का कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मा आयोजित विशेष समारोहमा उनलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको हो।

कार्यक्रममा सिद्धि विक्रम शाह ले शेखलाई औपचारिक रूपमा सम्मान गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिएका थिए। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित) को व्यवस्था अनुसार उनलाई जनपद प्रहरी समूहअन्तर्गत प्रहरी जवानबाट ‘विशेष बढुवा’ गरिएको हो।

कार्यक्रमकै क्रममा खेलाडीहरूलाई खेल सामग्री पनि वितरण गरिएको थियो। माया ग्रुप यूके र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयबीच २०२६–२०२७ का लागि खेल सामग्री प्रायोजन सम्झौता समेत गरिएको जानकारी दिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस