• २०८३ भाद्र १६ गते मङ्गलवार

जडान हुदाँहुदैं भत्कियो बेलिब्रिज, २ डोजरले उठाउदैं

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

माघ ८, मुगु। हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्केको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति मेसिनले धान्न नसक्दा उक्त बेलिब्रिज भत्केको हो ।

छायानाथ रारा नगरपालिकाका प्र्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गर्नु भएको थियो । पुस मसान्त सम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज जडान कार्यमा भत्किदा निर्माण कार्य अझै धकेलिएको जनाईएको छ ।वेलिव्रिज निमार्णका लागी जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासंग कवुल ग रेर सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने अवस्थामा थियौ तर बिचमा जडान गर्ने क्रममा बेलिब्रिज भत्किदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए ।

उनका अनुसार भत्केको बेलिब्रिज जडान गर्न एक साता वा १२ लिन सम्म लाग्ने मल्लको अनुभव रहेको छ । भत्केको बेलिब्रिजमा मानविय क्षति भने भएको छैन । शुक्रवार जडान गर्ने क्रममा मेसिनले धान्न नसक्दा पुल भत्केको हो । अहिले भत्केको बेलिब्रिज लाई ठड्याउन २ वटा मेसिन लगाईएको छ । पुलको बिचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको छ । भत्केको पुल लाई पुरै निकालेर नया भौतिक संरचना लिई जडान गर्नु पर्ने ठेकेदार मल्लको भनाई छ । यसको विषयमा विहानै नगर प्रमुख हरिजंग शाही आएर स्थलगत रुपमा जानकारी लिई सक्नु भएको पनि अवगत गराए । मल्लले यो पनि भने हामि जडान कार्यको अन्तिम चरणमा पुगि सकेका थियौ नगरपालिका लाई हस्तानतरण गर्ने अवस्थामा पनि थियौ तर एक्काशि बेलिब्रिज भत्किदा समयमै हस्तान्तरण गर्न नपाउदा अलि दुख लागेको बताए ।

यो पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामिण पहुचकार्याक्रम तेश्राे चरण (¥याप ३)को प्राविधिक सहयोगमा निमार्ण भई रहेको छ । ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो वेलिव्रिजको लम्वाई ५५ मिटर रहेको छ । मल्लले भने हामि सँग बजेट अपुग हुने सम्भावना आईसक्यो भत्केका भौतिक संरचना लाई थप बजेट छैन सम्झौता बमोजिमको रकम लाई चलाउनु पर्ने र अन्य कुनै पनि निकाय बाट बजेट नहुने र थप गर्न पनि नमिल्ने भएको उनको तर्क छ ।

शिलान्यास कार्यक्रममाबोल्दै नगर प्रमुख हरिजंगशाहीले आफुहरु २०७४ सालमा निर्वाचित भए यता सदरमुकाम र वडा नं १३,१४ अनि हुम्लाको तल्लो भेगलाई जोडन पुल राख्ने प्रस्तावभएपनि साविकको जिल्लाविकास समितीले भट्ेचौरमा पक्कि पुल निमार्ण गर्न ठेक्का लगाई पुल बनाउने कामहोल्ड गरेका कारण प्रकृयामा जान कानुनी समस्या परेको भन्नु हुन्छ कानुनी प्रकृया पुरा गरेर त्यो पुलनबनुन्जेलसम्म अस्थायी भएपनि सहजताका लागी वेलिव्रिज राख्न गत बर्ष नै नगरसभाले बजेट विनियोजिन गरेका थियो ।

ग्रामिण पहुचकार्यक्रम(¥याप ३)ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्लाजिल्लाको चंखेली गाँउपालिका देउली सम्म जनताको सहभागीता मार्फत सडक बनाएपनिमुगु कणालीमा पुलनहुदा यो सडक संचालनमा समस्याहुदै आएको थियो । मुगु कणाली माथी वेलिव्रिज निर्माण भएमा केही बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ ,अदानचुली , खार्पुनाथ , सिमीकोट गाँउपालिका सम्मका जनता सम्म समयमै सडक पुग्ने अवस्था थियो तर जडान कार्यमै पुल भत्किदा अलि लामो समय लाग्ने बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस