• २०८३ जेष्ठ २५ गते सोमवार

७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

एक करोड १९ लाख मतपत्र छापिए
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । आज आयोगले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

एक करोड १९ लाख मतपत्र छापिए
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस