• २०८३ असार १ गते सोमवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौँ। विराटनगर एक र महोत्तरीको एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट विराटनगर ९ का ७८ वर्षका पुरुषको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको छ ।

महानगरपालिकाका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेका वृद्धको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएका वृद्धलाई घरमै होम आइसोलेसनमा राखिएको थियो । बिहान स्वास्थ्यमा अचानक समया थपिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमा मृत्यु भएको हो ।

तय्स्तई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका २ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस