• २०८३ भाद्र १५ गते सोमवार

बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १५, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् ।

गोडैता नगर बालक्लब संजाल र गोडैता युवा क्लब सञ्जालका सदस्यहरूले गोडैता नगरपालिकाको आफ्नै बजार क्षेत्रमा रहेका विभिन्न पसल तथा व्यवसायमा पुगेर घुम्ती रूपमा नगद रकम तथा खाद्यान्न संकलन गरेका थिए ।

May be an image of one or more people and people studying

युवा र बालक्लबका सदस्यहरूले आइतबार संकलन गरिएको करिब १३ हजार ७५० रुपैयाँ बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएका छन् ।  बालबालिका तथा युवाहरूले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्व स्फूर्त रूपमा अभियानमा सहभागिता जनाएका हुन् । क्लबहरूको यो पहलले विपद्का बेला स्थानीय तहका युवापुस्ता र बालबालिकाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने सकारात्मक सन्देश दिएको छ ।

May be an image of map and text that says 'राध्टियावाणिज्यै टेक राष्टिय सबाणिज्य RASTRINABANLYABANK Payment PaymentReceipt Receipt Reference Code Date/Time Date/ Time 238343284 Channel 30 Aug 2026,06:48 PM Online Payment Payment.Attribute Attribute 222201 0021 6371 7134/Godaita Godaita yuba Sanjal Bal/4106425ploTX/PRIME MINISTERD DISASTER RELIEF FUND 001 001 105200270 ServiceName Service Name Amount (NPR) QR Payment Amount 13,750.00 Words (NPR) Initiator Thirteen Thousand Seven Hundred Fifty Rupees Only Qr Merchant Name 9815871173 PRIME MINISTER DISASTER RELIEF FUND 00100105200270 Remnarks Status Godaita Napa yuba Sanjal ko Tarf Bat SUCCESS Thank You for using RBB DigitalSansar Rastriya Banijya Bank Limited -Central Cffc Singhadurbar Plaza, Kathmandu'

 

Sharing

प्रतिक्रिया दिनुहोस