• २०८३ बैशाख १४ गते सोमवार

व्यक्तिगत इगो र पद मात्रै खोज्ने प्रवृत्तिले युवा संघको गरिमा धमिलो : बाबू छत्कुली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ७, काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपाल निर्वाचन आयोग उपप्रमुख बाबू छत्कुलीले व्यक्तिगत इगो र कतिपय विना काम पद मात्रै खोज्ने प्रवृत्तिले युवा सङ्घको गरिमा धमिलो बनाउने खेल भइरहेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले युवा संघप्रति आशा, भरोसा गर्नेहरूमाथि गहिरो चोट परेको समेत बताएका छन् ।

जनसङ्गठनको इन्चार्ज जिम्मेवारी दिइसकेपछि महासचिव देखि अध्यक्षसम्मले निर्णय भइसकेका विषयमा समानान्तर आदेश दिनु कति उपयुक्त होला भन्दै प्रश्न समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन , “कम्युनिस्ट संगठनमा आदेशकाे एकात्मकता प्रमुख मुद्दा हाे । जब जनसंगठनकाे इन्चार्ज जिम्मेवारी दिइसकेपछि महासचिव देखि अध्यक्षसम्मले निर्णय भइसकेका बिषयमा समानान्तर अादेश दिनु कति उपयुक्त हाेला । युवा संगठन अाफैमा उर्जाशील दस्ता हाे । अब आउने ३ तहकाे निर्वाचनमा चुल्ठे मुन्द्रेका छुरी चक्कुदेखि गुरिल्लाहरूका ढुंगा मुडाकाे सामना गर्ने संगठन यहीँ हाे । तर व्यक्तिगत इगाे र कतिपय विना काम पद मात्रै खाेज्ने प्रवृत्तिले युवा संघकाे गरिमा धमिलाे बनाउने जुन खेल भइरहेकाे छ । यसले युवा संघप्रति आशा, भराेसा गर्नेहरूमाथि गहिराे चाेट परेकाे छ । कमान्डर जस्ले युवा संघलाई युवा संघ छ है खबरदार भन्ने लाेभलाग्दाे पहिचानयुक्त संगठन निर्माण गर्याे । महेश बस्नेतकाे प्राइभेट कम्पनी हाे भनेर अाराेप लगाउनेहरूलाई जवाफ छ कि अाफ्नै कम्पनी जसरी संगठनकाे माया गरेर महेश बस्नेत अघि नबढेकाे भए एमालेमा युवा संगठन छ र ?? वा संगठनात्मक संरचनामा मात्रै हुन्थ्यो तर फेरि प्राइभेट कम्पनी जसरी माया गरेर जमाएकाे संगठन भएपनि नेता बनाउने लाइनमा उनले अाफ्नै भाइ वा छाेरा राखेका छैन गर्वका साथ भन्दा महेश कामकाजी भएकाेले कामकाजी कार्यकर्ताहरू नै युवा संघमा छन् बाबू छत्कुली राष्ट्रिय युवा संघ नेपाल निर्वाचन आयोग उप प्रमुख मेरो आफ्नो लेख फेस्बुकमा पोस्ट गरेको छु हार्दिक अभिवादन सम्पुर्ण प्रिय कमरेड हरुमा।

Sharing

प्रतिक्रिया दिनुहोस