• २०८२ साउन ३ गते शुक्रवार

भोली एमाले अध्यक्ष केपी ओलीसँग फोनमा कुरा गर्न सकिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग फोनमा भोली शुक्रबार कात्तिक ४ गते प्रत्यक्ष कुरा गर्न सकिने भएको छ । फोनमा कुरा गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र सम्पर्क नम्बर टिपाएको उनले फेसबुक मार्फत जनाएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग कुरा गर्न चाहनेले नम्बर टिपाउनुहोला भन्दै पोस्ट गरेका छन्। उक्त जानकारीपछि उत्साहपूर्ण सहभागिताले आफु खुसी भएको जनाएका छन् ।

कूरा गर्न चाहाने सर्वसाधारणले आज बिहिबार मध्यान्न १२ बजेसम्म नाम टिपाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस