बैशाख ४, रोल्पा । ईलाका प्रहरी कार्यालय थबाङले बुधबार लकडाउनलाई थप कडाइ गर्नको लागि सर्वपक्षीय भेला सम्पन्न गरेको छ ।सर्वपक्षीय छलफलमा नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई थप कडाइ तथा प्रभावकारी बनाउन लागि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गरिएको हो ।

सरकारले लकडाउन घोषणा गरेपश्चात् थबाङमा पनि लकडाउन लागू भएको छ । लकडाउन लागू भएपश्चात थबाङमा पुर्णरुपमा बजार लगायत सामुहिक रुपमा संचालन हुने कार्यहरु बन्द गरिएको थियो तर केही दिन यता अटेरी गरेको भन्दै प्रहरीलाई काम गर्न असहज भएको कारण थप छलफलबाट लकडाउनलाई प्रभावकारी गराउनको लागी ईलाका प्रहरी कार्यालय थबाङले सर्वपक्षीय छलफल आयोजना गरिएको ईलाका प्रहरी कार्यालय थबाङका प्रहरी सहायक निरिक्षक सुमन ओझाले बताउनु भयो ।
लकडाउन आफ्नै लागि हो भन्ने कुरा यहाँका स्थानीय जनतालाई हामिले कसरी बुजाउन सक्छौ त्यो बारेमा ध्यान दिनु जरुरी रहेको अमित घर्ती मगरले बताउनु भयो । स्थानीयहरुलाई हामिले कोरोना भाइरस तथा लकडाउन सम्बन्धि गाउँ टोलमा पुगेर सबैमा शिक्षा दियौ भने लकडाउन प्रभावकारी हुने र आवश्यक जनशक्ति तथा स्वयंसेवकको रुपमा युवाहरूलाई खटाएर यस लकडाउन अभियानलाई साथ सहयोग दिने उहाँले बताउनु भयो ।
यहाँका कतिपय मान्छेहरु अहिले सुचना प्रबिधिबाट टाढा छ्न ऊनीहरुलाई हामिले गाउँटोलमै पुगेर ज्ञान बाड्नेमा र यस सम्बन्धि विभिन्न निर्णयहरु गरेर सिमा सुरक्षामा कडाइ गरेर अगाडि बढ्न उहाले जोड दिनु भयो । कोरोना भाइरस ले विश्व आकारान्त पारिरहेको समय थबाङ गाउँपालिका र थबाङ गाउँपालिकाको स्वास्थ्य शाखाले गरिरहेका गतिविधिहरु बारेमा थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले पेश गर्नुभएको थियो ।
सर्वपक्षीय बैठकमा स्थानीय,युवा ,बुद्धिजीवी ,प्रहरी ,कर्मचारी एवं सरोकारवालाहरुको उपस्तिथि रहेको थियो । सर्वपक्षीय छलफलमा लकडाउन भएपस्चात गरिएका सम्पुर्ण गतिविधिहरुको बारेमा समेत समिक्षा गरिएको छ ।