• २०८३ असार १७ गते बुधवार

बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका नौ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, झापा । झापाको बिर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका दुइका ३८ वर्षका सुमन कुमार कार्की (योजनाकार), झापा कन्काई नगरपालिका तीन ४१ वर्षका भिष्म थापा, दमक नगरपालिकाानौ का ५० वर्षका देवी बास्कोटा, कान्काई नगरपालिकास्थित कोटीहोममा पुजारी काम गर्ने ५८ वर्षका कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी नगरपालिका एकका ३२ वर्षका सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम रहेका छन् ।

यस्तै संखुवासभा खाँदवारी नगरपालिका १० घर भई हाल सुन्दरहरैचा ६ मोरङ बस्ने २९ वर्षका मनमोहन दहाल, झापा गौरिगञ्ज गाउँपालिका तीन ३२ वर्षका आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका पाँचका ३३ वर्षका प्रदीप थापा र गौरीगञ्ज गाउँपालिका तीनका ४५ वर्षका बिजय कुमार दास हलुवाई रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस