फागुन ६,काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले आज पनि विरोध प्रदर्शन गरेका छन् । संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी)तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरूले यसअघि ४ गते पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । त्यस दिन प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । विप्लव नेतृत्वको नेकपालगायतका साना वाम दलले पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
संसद भवन आसपास र प्रदर्शन भइरहेका स्थानवरपर बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।