• २०८३ साउन १४ गते बिहिवार

प्रधानमन्त्री सवार हेलिकोप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं ।  सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।

एक उच्च प्रहरी अधिकारीका अनुसार विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गरेका थिए ।इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो । सामान्यतया गन्तब्यसम्म पुग्नका लागि पर्याप्त इन्धन भरेर मात्रै उडान भर्ने गरिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस