मंसिर १३, काठमाडौं । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलमा सवारी आवागमन प्रभावित भएको जनाएको छ ।

चितवन जिल्लाअन्तर्गत पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडक खण्डको घोप्टेभिर क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले सवारी आवागमन बन्द गरिएको छ ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ र ३ मा पर्ने सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।